चीनले परीक्षणमा ल्यायो तिब्र गतिको रेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ पुस । चीनले तिब्र गतिको घरेलु ट्रेन(रेल)को परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको आइतबार विहान बेइजिङमा प्रोटोटाइम गरेको हो ।

परीक्षण कालमा सञ्चालन गति, ऊर्जा खपत, आन्तरिक आवाज र ब्रेकिङ दूरी जस्ता विषयहरु हेर्ने गरिन्छ ।
परीक्षणमा ल्याइएको ट्रेनको गति ४५० प्रतिघन्टा रहेको सीसीटीभीप्लसले जनाएको छ । चीन हाल संचालनमा रहेका तिब्र गतिका ट्रेनभन्दा ३५० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने जनाइएको छ ।

चाइना रेलवेका अनुसार व्यवसायिक सञ्चालनमा आएपछि यात्रुहरूका लागि यात्रालाई थप सुविधाजनक र प्रभावकारी बनाउने जनाइएको छ । यसले समय र ठाउँको दूरीलाई कम गर्न सक्ने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्