मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरू गरेको छ ।

आयोगले हिजोदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । ती सामग्री जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकृतलाई पठाउनेछ । निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सामान दिएर मतदानस्थलमा पठाउनेछ ।

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मतपत्र भने कात्तिक २७ सम्म पुग्ने आयोगले जनाएको छ । मङ्सिर १ गतेसम्म मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गरी सम्बन्धित क्षेत्रमा पु¥याउने योजना रहेको आयोगले जनाएको छ ।

आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायत ५८ प्रकारका सामग्री पठाएको हो । जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामान जिल्ला तहमै खरिद गर्नुपर्ने हुन्छ । आयोग प्रवक्ता शालिग्राम पौडेलका अनुसार सुदूरपश्चिम र कर्णालीमा आवश्यक पर्ने प्रत्यक्षतर्फका मतपत्र र मतदान गर्ने टेबलमा ओछ्याउने रबर म्याटबाहेक सबै सामग्री पठाइसकेको छ । प्रत्यक्षतर्फको मतपत्र पनि पर्सि सोमबारदेखि ढुवानी सुरु हुने आयोगले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिममा पहिलो चरणमा पठाउने आयोगको तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्