छुरी हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन

खबर बुक
  • ख-
  • ख+

म्याड्रिड, ७ कात्तिक।।अगस्टमा न्युयोर्कमा छुरा हमलामा परेका विश्व प्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका एजेन्टले बताएका छन् ।

सलमानले एउटा हात पनि नचल्ने भएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका उनले एजेन्टले स्पेनको एल पेस पत्रिकालाई भने ‘त्यो क्रुर हमला थियो । ’

एल पेससँगको अन्तर्वार्तामा वाइलीले भने, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन् । उनको घाँटीमा तीनवटा गम्भिर घाउहरू थिए। उनको हातको नसा काटिएको कारण एउटा हात चल्दैन ।

अहिले रुस्दी कहाँ छन् भन्ने बारेमा पनि उनले केही खुलाएका छैनन् । सन् १९८८ को विवादास्पद उपन्यास सटानिक भर्सेसका कारण उनको हत्या गर्ने धम्की आएको छ । कतिपय मुस्लिमहरुले उनको पुस्तकले इस निन्दा गरेको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्