
काठमाडौं क्षेत्र नं १ का उमेदवार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफुले गरेकाे काम र योगदान जनताले छर्लङ्ग रुपमा देखेकोमा विश्वस्त रहेको बताउनुभएकाे छ ।
उहाले क्षेत्र नं.१ का आदरणीय सचेत र जागरुक मताधिकारहरुको निर्णयलाई सम्मान गर्ने बताउनुभयाे। उहाले थप आवधिक आम चुनाव प्रणालीको राम्रो र सुन्दर पक्ष भनेको जनादेशलाई सम्बोधन गर्ने पक्षमा जोड दिनुभयाे ।
उहाले मतदान शब्दलाई विग्रह गर्दै “दान “ शब्दमा जोड दिनुभएको छ । उहाले रत्तदानको महत्व बारेमा समेत चर्चा गर्नुभएको थियो । रक्तदान गर्नु अघि आफ्नो प्रतिरक्षा शक्तिलाई ख्यालमा राखेर आफूले दिएको रगतले कसैको जीवन जोगाउनको लागि दान गर्नु पर्नेमा उहाले जोड दिनुभयो ।
त्यसैगरि देशलाई विकाशको नयाँ गतिमा जोड्न आगामि मंसिर ४ गते हुने निर्वाचनमा पनि नेपाली काग्रेश साथै गठवन्धनलाइ मतदान गर्न आग्रह गर्नुभयो ।