काठमाडौँ । सुनाखरी मल्टिमिडिया फाउन्डेसन को आयोजनामा गत चैत्र २६ गते तेस्रो काठे लोकदोहोरी अवार्ड सम्पन्न भएको छ।

सस्थाका अध्यक्ष माधब थापाको सभापतित्वमा , नेपाल सरकारका सस्कृती तथा नागरिक उड्डयन मन्त्री माननीय हित बाहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा विशेष अतिथी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल कि केन्द्रिय अध्यक्ष रिता थापा मगर ,राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम , राष्ट्रिय लोक सास्कृतिक प्रतिस्ठान नेपालका सस्थापक अध्यक्ष शिबनारायण जोशी काठे लोक दोहोरी अवार्डका निर्णायक मन्डलका अध्यक्ष तथा चर्चित गायक नबराज घोरासैनी , डि ए आर मुभिजका प्रमुख प्रबाभन जे ,आईटी इन्जिनियर राजेन्द्र अर्याल पत्रकार तथा सर्जक शान्तिप्रिय् ,निर्देशक माधब राज खरेल ,सामना म्युजिक कृयसन कि अध्यक्ष सामना साहा इन्द्रेणी कार्यक्रमका संचालक तथा इन्द्रेणी सास्कितिक समाजका अध्यक्ष कृष्ण कडेल लागाय विभिन्न सघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको हो।
दिर्घ साधना सम्मान बाट काठ क्षेत्रमा अमुल्य योगदान दिनु भएका सर्जक धुर्बराज खड्का लाइ नगद १११११/(एघार हजार एक सय एघार ) सहित सम्मान गरिएको थियो भने ,दशकका गायक सम्मान काठ क्षेत्रका पुराना कलाकार रामहरि भन्डारी र सीता थापा लाई प्रदान गरिएको छ।

श्रष्ठा सम्मानमा रेशम थापा, इन्दिरा गोले ,सुरज अधिकारी ,विश्व दोङ, मिरा गिरि ,दिनेश श्रेष्ठ ,कुसुम दुलाल (सिम्रण) र सामना साह लाई सम्मान गरिएको जानकारी सस्थाका अध्यक्ष माधब थापाले जानकारी गराउनु भएको छ।त्यस्तै गरि यो बर्ष लोक पत्रकारीता सम्मान बाट संचारकर्मी नेपाल सगको सह कार्यमा संचार कर्मी नेपाल को सिफारिस बाट संचारकर्मी शिव राम भण्डारी सम्मानित हुनु भएको छ।
सो कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न डि ए आर मुभिज , मुभिज ,गोकर्णेस्वर नगरपालिका ,माहालक्ष्मी बिकास बैंक ,गरिमा बिकास बैंक लगायत संघ सस्थाले सहयोग गरेका थिए भने मिडिया पार्ट्नरमा रेडियो काठमाडौ ९२.१ ,लालिगुरास डट कम र रास्ट्रीय लोक संचार कर्मी नेपाल ले साथ दिएका थिए ।
कार्यक्रम को सम्योजक मा कलाकार नमराज ढुंगाना ले गर्नु भएको थियो भने कार्यक्रम संचालक मा पि एन सापकोटा ले गर्नु भएको थियो ।तेस्रो राष्ट्रिय काठे लोकदोहोरी अवार्डमा अवार्डेड कलाकारको नामावली यसप्रकार रहेको छ।

१) दोहोरी साझ गायक – जीवन खतिवडा
२)दोहोरी साझ गायिका – रिता बुढाथोकी
३)लोक दोहोरी गायक (काठे) – सरोज लामिछाने गितको बोल -मुसौरी
४)लोक दोहोरी गायिका (काठे)- प्रतिमा अर्याल गितको बोल – धानको चामल ,चामलको कनिका ५)
भिडियो निर्देशक – मिलन श्रेष्ठ गीतको बोल -हे कान्छी
६)लाइभ दोहोरी गायिका -सुसिला लामा
७)लाइभ दोहोरी गायक -धनपती दाहाल
८)एरेन्जर – राम कृष्ण थापा गीतको बोल – हे कान्छी
९)मोडल महिला -रिना थापा मगर गीत को बोल -रानी हजुर
१०)मोडल पुरुष राजाराम कोईराला पछेउरि सलको १
१)काठे लय – सानू के सि गीतको बोल – पियारा पियारी
१२)छायांकार -सन्तोष तिम्लसिना गीतको बोल -हे माया
१३)काठे सब्द – शम्भु नेपाल गीतको बोल -एउटै मुटु
१४)बाध्यबादक ताल -मनोज सापकोटा
१५) बाध्यबादक सुर – बासुरी देबेन्द्र राई
१६)काठे नब गायक – कमल आचर्य गीतको बोल – निरकमल
१७)काठे नब गायिका – कोपिला तामङ वाइबा गीतको बोल -आइज काल
१८)ध्वनी मिश्रण – गोबिन्द सोनि गीतको बोल – धानको चामल चामलको कनिका
१९)नब मोडल – सिर्जन पन्डित (पुरुष ) गीतको बोल – बासको डोलि
२०)नब मोडल – लक्ष्मी दर्नाल (महिला)गीतको बोल – आछा लेकिन जुरि अवार्ड तर्फ राजेन्द्र भन्डारी पब्लिक च्वाईस अवार्ड निरु कार्की इन्करेजमेन्ट अवार्ड कमल दाहाल ,बसन्ती सुनार जीवन कार्की ,सन्तोस अधिकारी रहनु भएको छ।











