बाबुराम र सुनिताको ‘उकालो चढ्दै छ पिरती’ सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ ।गायक बाबुराम पन्थी र गायिका सुनिता बुढाको स्वरमा रहेको ‘उकालो चढ्दै छ पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रह्लाद सुवेदीको शब्द रहेको गीतमा वसन्त थापाले संगीत भरेका छन् । संगीत संयोजन भने आशीष अविरलको रहेको छ ।

गितको भिडियोमा अर्जुन बोहरा र अन्जु निरौलाले अभिनय गरेका छन् । यो गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका हुन् । त्यस्तै अजय रेग्मीले भिडियो खिचेका हुन् ।

यो गीत ओदान फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्