यस्तो छ आजको फलफूल तथा तरकारी भाउ

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, ४ कात्तिक।।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलकाे बजार भाउ निर्धारण गरेकाे छ ।

समितिकाअनुसार आज गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । रातो आलुको मूल्य ४२ देखि ४३ रुपैयाँ छ ।

सुकेको प्याज ५२ देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  तने बोडी प्रति किलो १३० रुपैयाँदेखि १४० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

लोकल घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो १०० देखि ११०  रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्