बेलायती प्रधानमन्त्री ट्रसद्धारा पदबाट राजीनामा

खबर बुक
  • ख-
  • ख+

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । राजनीतिक र आर्थिक संकट बढ्दै जाँदा उहाँले आज राजीनामा दिनुभएको हो ।

उहाँ ४५ दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकेको भन्दै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिएका थिए ।

अब नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र चुनाव हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्