
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सम्पन्न हुँदैछ ।
गण्डकी प्रदेशको राजधानी पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।
‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको समापानमा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थिति रहनेछ ।
समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ ।
यस्तै समापनमा टिम च्याम्पियन बन्ने टोलीलाई ट्रफी प्रदान गरिनेछ । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ । नवौंको समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास पनि गर्नेछन् ।
नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भाईरहेको छ । यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् ।