थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई कांस्य

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक।।तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कांस्य पदक हात पारेको छ ।

बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो । मंगलबार भएको सेमिफाइनल खेलमा आर्मीसँग पराजित भएको थियो भने बागमती प्रदेश एपीएफसँग पराजित भएको थियो ।

आजै भएको फुल कोर्ट महिला बास्केटबलमा पनि गण्डकी प्रदेशले कांस्य पदक हात पारेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्