
काठमाडौं, १५ फागुन । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाल सांस्कृतिक संस्थान (नाचघर)का नवनियुक्त महाप्रबन्धक किरणबाबु पुनलाई बधाई ज्ञापन गरेको छ ।
पुनकै कार्यकक्षमा पुगेर लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम सहित पदाधिकारी तथा सदस्यहरूको टोलीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
अध्यक्ष गौतमले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल सांस्कृतिक संस्थान र लोक सञ्चारकर्मी नेपाल बिच संस्कृति संरक्षण र प्रवर्द्धनको सवालमा सहकार्य आवश्यक रहेकोमा जोड दिए । बधाई पत्र ग्रहण गर्दै संस्थानका महाप्रबन्धक पुनले लोक संस्कृति जर्गेना गर्ने जिम्मा मैले पाएकाले सोही मर्म अनुसार अघि बढ्ने अठोट गरेको बताए ।
पुनलाई बधाई दिन लोक सञ्चारकर्मी नेपालका अध्यक्ष गौतमसहित वरिष्ठ उपाध्यक्ष सुदर्शन प्रसाद आचार्य, सचिव कमल सरगम, प्रवक्ता शिखर गजरकोटे, महिला विभाग प्रमुख सविता पोखरेल र सदस्य बाबुराम सिग्देल नाचघर पुगेका थिए ।
नेपाल सरकारको निर्णय अनुसार नेपाल सांस्कृतिक संस्थान (नाचघर)को महाप्रबन्धकमा नियुक्त भएका पुनले माघ ८ गते पदभार ग्रहण गरेका थिए ।