
काठमाडौं, १ कात्तिक।।चीनको राष्ट्रपतिमा पुनः शी चिनफिङ नै निर्वाचित हुने हुनुभएको छ ।
चीनको राजधानी बेइजिङ्गमा जारी महत्त्वपूर्ण बैठकले शीलाई आगामी पाँच वर्षका लागि सत्तामा पठाउने तयारी गरेको छ ।
बीबीसीले लेखे अनुसार चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले थप पाँच वर्षका लागि राष्ट्रपति शीलाई देशको सत्ता सुम्पिने निर्णय आज गर्न सक्छ ।
पछिल्लो १० वर्षमा चीनमा कसैले पनि शीका निर्णय र आदेशमाथि कसैले पनि प्रश्न गर्न सकेको छैन भने उहाँको शक्तिलाई पनि कसैले चुनौती दिन सकेको छैन ।
शी पुनः सत्तामा आए चीनको इतिहासमा सबैभन्दा धेरै प्रभावशाली नेताको रुपमा पनि स्थापित हुने आँकलन गरिएको छ ।