मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुँदै, माइपे वालेटबाट टिकट लिन सकिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ फागुन ।  मेनुका पौडेलको पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने भएकी छन्।

मेनुकाको आर्टिस्ट म्यानेजर माइपे इभेन्ट्सले यसबारे जानकारी दिएको हो।

तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख चार सहरमा आगामी फागुन १८ देखि चैत १६ सम्म काठमाडौं, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन लागेको हो। मेनुकाको सांगीतिक कार्यक्रमको टिकट अनलाइनमार्फत माइपे डिजिटल वालेटबाट लिन सकिनेछ।

२०५५ मा झापाको हल्दीबारी–४ मा जन्मिएकी मेनुकाले १८ वर्षको उमेरमै नेपाल आइडलको पहिलो सिजनमा भाग लिएकी थिइन्। नेपाल आइडलले नै उनलाई देशविदेशमा रहने नेपालीमाझ चिनाएको हो। त्यसपछि उनले भारतीय टिभी चयानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा टप ११ मा पर्न सफल भइन्। इन्डियन आइडलमा सहभागी भएर आफ्नो जादूयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुगिन्।

मेनुकाको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेजमेन्ट माइपे इभेन्टले गरेको छ भने कार्यक्रमको प्रायोजकमा माइपे मनी ट्रान्सफर रहेको छ।

आगामी फागुन १८ मा काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ। हाल साधारण टिकट दर १,००० र विशिष्ट टिकट दर १५०० राखिएको कार्यक्रमको टिकेटिङ पार्टनर माइपे वालेटले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्