भारतीय काँग्रेस अध्यक्ष पदका लागि आज निर्वाचन हुँदै

खबर बुक
  • ख-
  • ख+

भारतीय काँग्रेस अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । काँग्रेस अध्यक्ष पदका लागि देशभर ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

बिहान १० बजेबाट सुरु हुने मतदानमा झन्डै ९ हजार ८ सय मतदाताले मतदान गर्नेछन् । मतदान प्रक्रिया साँझ ४ बजेसम्म चल्नेछ । काँग्रेसको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।

शशि थरूर र मल्लिकार्जुन खड्गे आगामी अध्यक्षका प्रत्यासी रहेका छन् ।

आज सम्पन्न हुने मतदानको नतिजा भने पर्सि राजधानी दिल्लीको अकबर रोड स्थित पार्टी मुख्यालय घोषणा गरिने भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । भारतीय काँग्रेसको इतिहासमा पहिलोपटक अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्