मेरो निजी जीवनलाई सार्वजनिक गरेर मानसिक तनाव दिए : एलिना चौहान

खबर बुक
  • ख-
  • ख+

गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको बताएकी छिन्।

केही दिन यता सञ्चारमाध्यममा उनको प्रेमसम्बन्ध वियोगमा परिणत भएको समाचारआएपछि उनले सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छिन्।

उनले एक स्टाटस लेख्दै  आफ्नाबारे आएका समाचारबारे भनेकी छिन्, ‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?के कसैलाई मैले बनाउन लगाएको हो ?’

उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधि आफ्नो इच्छाबिना समाचार बनाएको प्रति रोष प्रकट गरिन्।

उनले आफ्नाबारे समाचार लेख्नुभन्दा समाजका बारेमा संचारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले तेता तर्फ ध्यान दिन आग्रह गरेकी छिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्