सन्तोषको संगीत र स्वरमा ‘म बाँचेर के भो ?’

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, ९ माघ । कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल ‘म बाँचेर के भो’ सार्वजनिक भएको छ ।

विश्व कीर्तिमानी लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको सङ्गीत एवम् स्वर रहेको गजलको भिडियो सार्वजनिक भएको हो ।

कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा कलम चलाउँदै आएकी कृष्णादेवी अहिले सांगीतिक गजलमार्फत देशको समसामयिक अवस्थालाई चित्रित गरेकी छन् । उनको गजललाई सन्तोष श्रेष्ठको संगीत र स्वरले श्रवणीय र मधुर बनाएको छ ।

वीरेन्द्र भाट ‘विपिन’को छायांकन र सम्पादन रहेको भिडियोमा संगीतकार र गायक श्रेष्ठ स्वयंले अभिनय गरेका छन् । गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियाे लिंक :

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्