लोक सङ्गीतमा भएको  विकृति विरुद्ध संस्थाले काम गरिरहेको छः अध्यक्ष नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ माघ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरिवल्भ नेपालले लामो इतिहास बोकेको लोक सङ्गीतमा भएको  विकृति विरुद्ध संस्थाले काम गरिरहेको बताउनूभएको छ ।

रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले  केही कालाकारलाई  गीतले विकृति फैलाएको भनेर खबरदारी समेत गर्ने गरेको बताउनूभएको हो । अध्यक्ष नेपालले लोक सङ्गीतमा विकृति फैलाउने लोक गीत सञ्चारमाध्यममा प्रसारण गर्न र प्रचार प्रचारमा समेत रोक लगाएको बताउनूभयो ।

लोक क्षेत्रका गायक तथा सर्जकहरूले लोक गीतको संरक्षणमा लाग्नुपर्ने उहाँले बताउनूभयो । उहाँले वर्तमान समयमा विभिन्न खालका गीत सङ्गीतहरू बजारमा आउने गरेको भन्दै लोक भाकाको आफ्नै महत्त्व भएकाले यसलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो  । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्