सांस्कृतिक संस्थानको महाप्रबन्धकमा पुन नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ माघ ।  सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका ६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

यस्तै मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त गर्ने, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्नेलगायत निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्