काठमाडौँ १ माघ । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्यः च्याप्टर १’ले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ ।
नाजिरले फिल्ममा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । निर्माणपक्षले दिएको जानकारी अनुसार, नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोष्टरमा नाजिरको फिल्ममा सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।
फिल्ममा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ ।
फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
न्युज कारखाना











