२ पुस, काठमाडौं । राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालले आयोजनामा सस्थागत मानार्थ तथा आजिवन सदस्यता प्रमाण पत्र वितरण कार्यक्रम २०८० सब्य र भब्य रुपमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश पुर्व मुख्यमन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डे रहनु भएको थियो भने विषेश आतिथिमा अभिनेत्री सरिता लामिछाने ,सङीतकार दिपक शर्मा ,इभेन्ट अर्गनाइजर निशु झा,युबा नेत्री किर्तु भण्डारी , अतिथिमा सन्चारकर्मी राजु बोहोरा ,शरण हुमागाइ ,रमेश श्रेष्ठ ,सामना शाह ,निरुता खत्री लगायत धेरै अग्रज कलाकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष नमराज ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रम महासचिव चन्द्रमणी गौतमले गरेको थिए ।
साथै सुदर्शन थापा राष्ट्रिय चलचित्र निर्देशक आर्जन पान्डे, गायक प्रेम पान्डे, कलाकार नवीन कुमार पौडेल, गायक तेज बहादुर गिरि , कृष्ण रसाल कोरियोग्राफर रबिना अधिकारी, चर्चित मोडेल गीता पौडेल, बरिस्ठ केश बिन्यास तथा मेकअप आर्टिस्ट , सिडि बिजय अधिकारी , गायक नारायण बहादुर थापा लगायतका व्यक्तिहरुले सस्थाबाट मानार्थ सदस्यता प्राप्त गरेका छन ।













