काठमाडौं, १२ मंसिर । “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०” सम्पन्न भएकाे छ ।“जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०”ले यस वर्ष पत्रकारिता सम्मानद्धारा रेडियो काठमाडौंका चन्द्रमणी गौतम लगायतलाइ सम्मानित गरेकाे छ ।
डि सिनेमा आर्ट्सको आयोजनामा “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०” सम्पन्न भएको हाे।कार्यक्रममा दिनेश मुस्कानको अध्यक्षता रहेको थियो भने पुर्व सभामुख ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ सर्जक तथा गायक बिन खाती, म्युजिक भिडियो कलाकार संघ की अध्यक्ष सम्झना बुढाथोकी, नायक जय किशन बस्नेत लगायत अन्य बिशेष अतिथीको रुपमा रहेका थिए ।
“जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०” मा पत्रकारिता सम्मानद्धारा अग्रज सञ्चारकर्मी सुर्दशन आचार्य, रेडियो काठमाडौंका चन्द्रमणी गौतम, रेडियो मिरमिरेका राजु बोहरा, नेपाली रेडियो नेटवर्कका राजकुमार रायमाझी, स्पेश फोकेका समाचार सम्पादक खेम बहादुर बम, पत्रकार गीतकार तथा निर्देशक प्रकाश बराईली “अभिब्यक्ति”, हेल्लो टिभि नेपालका मिलन खत्री गरी ७ जना पत्रकार तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।











