काठमाडौं, ८ मंसिर । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरुको छाता संगठन ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’ले तेस्रो आइवाट नेपाल विमेन्स फिल्म फेष्टिभल आयोजना हुने भएको छ ।
नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिभलमा अन्तरराष्ट्रिय महिला चलचित्र निर्देशकहरूको उपस्थिति रहनेछ।चलचित्र विकास बोर्डमा मङ्सिर ९ गते हुने आयोजना हुने फेष्टिभलमा नेपाल लगायत करिब दर्जनभन्दा बढी मुलुकका महिला निर्देशकले बनाएका २८ चलचित्र सहभागी रहने छन्र ।
महिला निर्देशकहरूले निर्देशन गरेका सिनेमा प्रदर्शन गरिने आयोजकले जनाएको छ। यस्तै प्रदर्शन हुने फिल्ममा ट्युनेसिया, भारत, बंगलादेश, नर्वे, फ्रान्स लगायतका रहेका छन् ।
आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिभलमा अन्तरराष्ट्रिय महिला चलचित्र निर्देशकहरूको उपस्थिति रहनेछ।
महोत्सवमा आइएडब्ल्युआरटी नेपाली सर्ट मुभी कम्पिटिशनका विजेतालाई अवार्ड प्रदान गरिनेछ।











