अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

खबर बुक
  • ख-
  • ख+

अखिल नेपाल फुटबल (एन्फा) ले बंगलादेशविरुद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । । श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन् ।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो । एन्फा महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र दिए ।

यसअघि मधुसुदन उपाध्यायले चार वर्षसम्म नेपाली राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए । तर, ६ असारमा भएको निर्वाचनबाट एन्फामा नयाँ कार्यसमिति चयन भएसँगै उनी जिम्मेवारीमुक्त भए ।

नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि कार्यवाहक प्रशिक्षकको रुपमा प्रदीप हुमागाँईलाई नियुक्त गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेका कारण एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी हुमागाइँलाई दिएको हो । अल्मुताइरीसँग विवादका कारण टिमबाहिर रहेका १० खेलाडीलाई पनि हुमागाँईले राष्ट्रिय टिममा समेटेका छन् ।

टिमको सहायक प्रशिक्षकमा युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्