तीन युवाले बानेश्वरमा खोलेको चिया सागरमा पाईन्छ, ५५ प्रकारका चिया

खबर बुक
  • ख-
  • ख+

नयाँ बानेश्वरस्थित के एण्ड के कलेजको ठिक अगाडी ६० लाख रुपैंयाँको लगानीमा चिया सागर खुलेको छ । असार ३१ बाट सञ्चालनमा आएको चिया सागरले ५५ प्रकारका चिया उपलब्ध गराउँने बताइएको छ । विशेषगरी चिया सागरको मेनुमा मट्का, मसाला, आइस टि, घरको चिया, हर्बल टि, ग्रिन टि, फ्रुट् टि उपलब्ध छन् ।

अन्य क्याफे र रेस्टुराँ भन्दा चिया सागरको मेनु फरक छ । ‘महत्वपूर्ण मसालायुक्त, ए वन ग्रेडको मसाला मिसाएर आफ्नै रेसिपी तयार पारेका छौं ।’ सञ्चालक मध्येका एक केशब शर्माले बताए, ‘हामीले उपभोक्ताहरुलाई फरक स्वाद चखाउँछौं ।’ चियाका पारखीहरुलाई फरक-फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ५० देखी १ सय ६० रुपैंयाँका आइटम उपलब्ध छन् । सिंगो पट् अर्डर गर्नु परेमा २ सय देखी ३ सय ५० रुपैंयाँ मूल्य तोकिएको छ । चिया, कफी बाहेक बेकरी र स्यान्ड्विच पनि मेनुमा उपलब्ध छन् ।
चिया सागरमा ग्राहकलाई चिया वितरण गर्दै वेयटर ।

चिया सागरमा १ सय ५० देखी २ सय मानिसहरु एकै पटक बस्न मिल्ने क्षमता छ । दुई वटा बेग्ला बेग्लै साना रुम छन्, जसमा १५ देखी २० जना अटाउन मिल्ने क्षमता छ । ‘बिभिन्न कार्यक्रम आयोजना गर्न र भेटघाटका लागि चिया सागर उपयुक्त छ ।’ सञ्चालक शर्माले बताए । यस्तै चियासँग सम्बिन्धित उत्पादनहरु आयात तथा निर्यात गर्ने लक्ष्य रहेको उनले सुनाए ।

चिया सागर प्रा.लि.ले राजधानीमा छिटै नै ५ वटा र उपत्यकाबाहिर दुई ठाउमा ब्रान्च बिस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनी अन्र्तगत केशब शर्मा, नविन शर्मा र प्रकाश पौडेल गरी तीन जना सञ्चालक रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्