पुस मसान्तभित्र आयकर दाखिला गर्न आन्तरिक राजस्व विभागको  ताकेता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ पुस ।  आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र आयकरको पहिलो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ।

विभागले बिहीबार सूचना जारी गरी आर्थिक वर्ष २०८०/८१ को आयकरको पहिलो किस्ताबापतको कर तथा विवरण पुस मसान्तसम्म बुझाउन आग्रह गरेको हो।

विभागले ठूला करदाता कार्यालय, मध्यम करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा करबापतको रकम दाखिला गर्न करदातालाई सूचित गरेको छ।

आयकर ऐन, २०५८ बमोजिम आय वर्ष २०८०/८१ को आयकर किस्ता दाखिला गर्नुपर्ने करदाताले २०८०/८१ को कारोबार अनुमानित करको विवरण र सोहीअनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ताबापतको ४० प्रतिशत रकम पुसभित्रै दाखिला गर्न विभागले सूचना जारी गरेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्