
काठमाडौं। उद्योगी व्यवसायीमाझ चिरपरिचित नाम हो, पवन गोल्यान। गोल्यान ग्रुपमार्फत बैंक तथा वित्तीय, टेक्सटायल, जलविद्युत्, होटलमा लगानी विस्तार गर्दै आएका गोल्यान पछिल्लो समय कृषि क्षेत्रमा सक्रिय छन्।
छोरा अक्षयलाई कार्यकारी नेतृत्व दिएर पवन अहिले कृषि क्षेत्रमा लगानीका सम्भावना र क्षेत्र पहिचान गर्दै अगाडि बढिरहेका छन्। ६ वर्षअघिदेखि गोल्यान पूर्णकालीन रुपमा कृषि क्षेत्रमा क्रियाशील छन्।
आफ्ना लागि पुग्यो र अर्को पुस्ता अर्थात् अरुका लागि केही नयाँ गरौं भन्ने सोच राखेर कृषि क्षेत्रलाई व्यावसायिकीकरणमा जोड दिँदै अगाडि बढिरहेका गोल्यानले कृषि क्षेत्रलाई उचो बनाउने सपना पालेका छन्। सबैभन्दा पीडित÷बेवास्था गरिएको क्षेत्र कृषि र कृषक रहेकाले तिनको जीवनस्तर उकास्नलाई औधोगिकरणमा जोड दिने उद्देश्य राखेर यो क्षेत्रमा लागेको उनले बताए।
सामाजिक उत्तरदायित्व अन्तरगतका काम कृषिमार्फत गर्ने मूख्य सोच राखेर लागे पनि अर्गानिक खेतीका लागि झापामा करिब १ हजार किसानसँग काम गर्दा उनले उत्पादन गर्नभन्दा बिक्री गर्न मूख्य समस्या रहेछ भन्ने बुझ्न पाए। किसानले उत्पादन गर्न सक्छन् र तरकारी खेती गरेकालाई जैविक खेती गरेर अगाडि बढाए पनि बजारमा उचित मूल्य नपाएको थाहा उनले पाएपछि बिक्रीका लागि उद्योगसँग जोड्ने उद्देश्यसहित ‘माटो’ स्थापना गरे।
काम गर्दै जाँदा माटोका ब्रान्डमा स्टोर खोल्दै बिक्री अनि अनुसन्धानका लागि आफंैले खेती सुरु गरेको उनी सुनाउँछन्। तरकारी र खाद्यान्नले मात्र नपुग्ने भएपछि झापामा जग्गा खरिद गरी फलफुल र जडीबुटी लगाउन सुरु गरेका छन्।
कृषिमा कस्तो सम्भावना छ र के के गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिँदै जादा आशापुरी अर्गानीक फार्मसँग जोडिन पुगे। आशापुरी अर्गानीक फार्म नेपालको एक मात्र अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त फार्म हो। आशापुरीका सञ्चालक प्रेम लामासँग अर्गानिक तरकारी र फलफुहरु कसरी उत्पादन र निर्यात गर्न सकिन्छ भन्ने २२ वर्षदेखिको ज्ञान भएको र मसँग व्यापारलाई कसरी ठूलो बनाउन सकिन्छ भन्ने ज्ञान भएकोले दुवैको ज्ञान र अनुभवलाई समेटेर कृषि व्यवसायलाई ठूलो रुपमा रुपान्तरणका लागि जनता एग्रो प्रालि स्थापना गरेका हौं,उनले भने।
जनता एग्रोलाई कृषि कम्पनीको मोडलको रुपमा अगाडी बढाएर देशभरीका किसानहरुलाई एकजूट बनाउन अहिले लागेका छन्। कम्पनीले अहिले मुलुकभर कुन ठाउँमा के–के उत्पादन हुन्छ भन्ने अध्ययन गरेर किसानको आयआर्जन कसरी बढाउन सकिन्छ भन्नेमा फोकश भएर काम गरिरहेको बताए।
‘तराईमा एक विघा जग्गामा सरदर वर्षमा ५० हजार भन्दा बढी जोगाउन सक्दैन, यसको मतलव १० कठ्ठामा २५ हजार कमाउन समेत मुस्किल हुन्छ, त्यतिको लागि गाउँमा बस्दैन र विदेश जाने क्रम बढेको छ,’ गोल्यानले भने ‘अव यसलाई एक वर्षमा ३ लाख र पाँच वर्षमा ५ लाख आम्दानी हुने वातावरण बनाउन अहिले अध्ययन गरेर मोडल बनाइसकेका छौं।’
अहिले जनता एग्रोले झापाको कन्काई नगरपालिकासँग सम्झौता समेत गरिसकेको छ। ६ महिनामा २ लाख र बाँकी ६ महिनामा ५० हजार आम्दानी हुने गरी खेतीको क्यालेन्डर नै निर्माण गरिसेकका छन्। जैविक विषादी समेत कम मात्र प्रयोग गर्ने गरी क्यालेन्डर तयार भएको छ। अव जनता एग्रोले मात्र धान्न नसक्ने भएपछि देशभरीका स्थानीय तहहरुले समेत कृषिलाई विषेश प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको छ।
कृषिमा नेपालमै राम्रो सम्भावना छ भन्ने सन्देश जनता एग्रोलाई उदाहरणको रुपमा प्रस्तुत गरी धेरैभन्दा धेरै किसानहरुलाई आबद्ध गराउन लागिएको उनले बताए। सरकारले दिने अनुदान अव कषिजन्य बस्नुको प्रशोधनका लागि विनियोजन गरे धेरै किसानहरु लाभान्वित हुने उनी बताउछन्।…
उमेरले ६६ वर्ष पुगेका गोल्यान विगत ६ वर्षदेखि कृषिकर्ममा लागेका छन्। काठमाडौंमा होस या काठमाडौं बाहिर जहाँ गएपनि उनि कृषिकै विषयमा कुरागर्ने गरेका छन्। अहिले उनको अधिकाशं बसाइँ काठमाडौं बाहिर र विदेशमा हुने कृषि सम्बन्धी सेमिनार तथा गोष्टीहरुमै विताउने गरेका छन्।
‘६ महिना काठमाडौं र ६ महिना काठमाडौं बाहिरनै हुने गरेको छ,’ व्यवसायी गोल्यानले भने, ‘विहानदेखि बेलुकासम्म कृषिकै कुरा र कृषिकै काममा लागिरहेको हुन्छु।’
…
अहिले नेपालमा वार्षिक १२ अर्बभन्दा बढीको तरकारी र फलफूल आयात भइरहेको छ, जसमा विषादीको मात्र पनि अत्यधिक छ। ‘हामी पैसा तिरेर विष खान बाध्य छौं,’ उनले भने। तीनदेखि पाँच वर्षभित्र विषादीरहित तरकारी र फलफूल उत्पादन गरेर आयात निरुत्साहित गर्ने गरी व्यावसायिक रुपमा कृषिमा अगाडि बढेको उनले बताए। कृषिमा पहिलो सर्त नै विषादीरहित उत्पादन रहेको उनको भनाइ छ । ‘हामीले वर्षमा पाँच ओटा खेती गर्ने गरेर काम थालेका छौं, धानको मात्र वर्षमा दुई पटक खेती हुन्छ,‘ उनले भने।
किसानलाई आबद्ध गरेर सामाजिक उत्तरदायित्वमा कृषिमा लागेका गोल्यान व्यावसायिक रुपमा कृषिलाई अँगालिसकेका छन। किसानसँगको सामीप्य र उनीहरुलाई सहयोग पु¥याउन थालेपछि यसलाई अझ व्यावसायिक बनाउनुपर्छ भनेर अगाडि बढेको उनले बताए।
तत्काल व्यावसायिक कृषिका लागि उनले आफूले छुट्टै दुई सय बिघामा योजना बनाइसकेका छन। ८० बिघा जग्गा खरिद गरेर काम थालेका गोल्यान किसानलाई बिचौलियाबाट टाढा राख्न ‘फार्म टू टेबल’ अवधारणामा जाँदै छन। ‘भविष्यमा १ हजार बिघामा कृषिक्षेत्रमा काम गर्ने मेरो योजना छ,’ उनले भने।
सहभागितामा आधारित स्थानीय किसानको उत्पादन या आफ्नै फार्मको उत्पादन नै किन नहोस, उनी त्यो आफ्नै बिक्री च्यानलबाट देशभर पु¥याउन लागिपरेका छन्। ‘हामीले उत्पादन गरेको कृषि उपजलाई ब्रान्ड दिएर देशभर पु¥याउन चाहन्छौं, अहिले ठ्याक्कै यही विषयमा काम भइरहेको छ,’ उनले भने। किसानलाई बिचौलिया ठगिरहेका छन् आफ्नो उपजको उचित मूल्य पाइरहेको अवस्था छैन, त्यो हटाउन जरुरी रहेको उनले बताए।
गाउँलेहरुले तरकारी खेती र आफूले गर्ने फार्ममा फलफूल लगाउने गोल्यान बताउँछन। तरकारी खेती ४० दिनदेखि ९० दिनमा हुन्छ। तर फलफूल १ वर्षदेखि २ वर्षसम्म लाग्छ। त्यसैले किसानले धेरै धैर्य गर्न नसक्ने भएकाले आफू व्यावसायिक फलफूल खेतीमा लागेको उनको भनाइ छ।
‘कृषिमा अरु व्यवसायमा जस्तो चेक काटेर मात्र पुग्दैन, फिल्डमा नै जानुपर्छ,’ कृषिमा रस पसिसकेका गोल्यानले भने, ‘म महिनाको चारपाँच दिन कृषि फार्ममा नै गएर बस्छु।’
कृषिमा आफू राम्रोसँग लागेपछि अरु उद्योगीलाई पनि प्रेरित गर्ने उनले बताए। यसमा देशका ठूला उद्योगी व्यापारीको सहभागिता भयो भने आयात स्वतः घट्छ, त्यसपछि हामीले निर्यातमा जोड गर्ने हो,’ उनले आफ्नो योजना सुनाए।