ब्रोकर लाइसेन्सको पनि आवेदन खुल्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ असोज । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ ।

नियमावली संशोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

हाल ५० वटा ब्रोकरहरूले सेवा दिईरहेका छन् । अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनेर उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्