सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरुले आन्दोलन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ मंसिर । लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् ।

नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिवन्ध लगाउने निर्णयबिरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन् । नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो चरणमा सामाजिक सञ्जालबाट विरोध प्रदर्शन गर्ने र त्यसपछि कालो व्यानर प्रदर्शन गर्ने तथा धर्ना दिने लगाएतका कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिनुभयो । उहाले शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले अव पनि सवारी आयात प्रतिवन्ध नहटाए अटो व्यवसाय थला पर्ने अवस्थामा पुगको धारणा राख्नुभयो । आफुहरुको समस्याका बारेमा पटक पटक राज्यको ध्यानाकर्षण गरेपनि सुनुवाई नभएको उहाको भनाई छ ।

मंसिर २२ गतेसम्मपनि आफुहरुको मागमा सुनुवाई नभए दोश्रो चरणको आन्दोलन सुरु गर्ने नाडाले जनाएको छ । बिदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रुपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुल्ला छ । राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्