नवनियुक्त तीन जना कुलपतिहरुद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ फागुन । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएकाे हाे ।

सपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहनु भएकाे छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो तीन जना कुलपति तथा सदस्यहरु नियुक्त गरेको थियो।

उक्त अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्