पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु, फलामको पाइप प्रयोग गर्दा भयो दुर्घटना

खबर बुक
  • ख-
  • ख
  • ख+

पर्सा । पर्सामा तिहारका बेला पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिका–२ का ८ वर्षीय कुन्दन सहनी रहेका छन् ।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान करिब ८ बजे आफ्नै घरअगाडि फलामको पाइपभित्र राखेर पटका पड्काउने क्रममा बालक घाइते भएका थिए ।

पटका विस्फोट हुँदा फलामको पाइपको दुवैतर्फबाट निस्किएको छर्रा बालकको छातीको बीच भागमा लागेर गम्भीर चोट लागेको थियो ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८ बजेर ४५ मिनेटमा मृत घोषणा गरेका थिए ।

यस घटनाले पटका तथा विस्फोटक पदार्थको प्रयोग गर्दा हुने जोखिमलाई पुनः उजागर गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्