देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु, स्वस्तिवाचन र सांस्कृतिक झाँकीसहित उद्घाटन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा भव्य समारोहका बीच आयोजित अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका हुन् । उद्घाटन समारोहअघि बटुकहरूबाट स्वस्तिवाचन गरिएको थियो भने देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले विभिन्न सांस्कृतिक झाँकीसहित र्‍याली निकालेका थिए ।

अधिवेशनको उद्घाटन सत्रमा पूर्वसभापति देउवासहित नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्