काठमाण्डौ – आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । तराईसहित उपत्यका तथा खोँचहरूमा अहिले बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । अरु बाँकी ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी साथै बाँकी हिमाली भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
भोलि लक्ष्मीपूजाको दिन दिनभर मौसम घमाइलो भए पनि बेलुका कर्णाली तथा लुम्बिनी र गण्डकीका उपल्लो क्षेत्रमा बदली र हल्का वर्षाको सम्भावना छ ।
मौसमका जानकार उज्ज्वल उपाध्यायकाअनुसार भोलि बेलुका विशेष गरी जुम्ला, कालिकोट, रुकुम पूर्व र पश्चिम अनि बागलुङमा हल्का वर्षाको सम्भावना रहेको र तिहारका अरु बाँकी दिनमा मौसम घमाइलो हुनेछ ।







