भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं,माघ २७ । भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

चागुँनारायण नगरपालिका-६ बाख्रीगाउँमा ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक शंकर तामाङको ज्यान गएको हो ।

उनी सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल, साँखुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

यस्तै जोरपाटीमा बा ४ ख ८९१२ नम्बरको बसको ठक्करबाट बा ९९ प ३४८५ नम्बरको स्कुटरका चालक ओमकुमारी श्रेष्ठको मृतयु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको भत्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्