नाराले मात्रै बिकासको सपना पुरा हुदैन- प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै बिकासको सपना पुरा नहुने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको बिकासका सपना पुरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
उहाले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गर्नुभयो । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नंवर १ ले देखाएको दावी गर्नुभयो । उहाले समूदायमा काम गर्दा पारदर्शी रुपले गर्नुपर्ने धारणा राख्नुभयो ।
नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्