गगनसँग शेखरले भने- पार्टी एकढिक्का बनाउन त्याग गर्न तयार छु

खबर बुक
  • ख-
  • ख+

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् ।

सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए ।

‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभयो,’ भेटमा कोइरालाले राखेको विचारबारे उनको सचिवालयले भन्यो ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए ।

भेटमा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधान र बाढीग्रस्त क्षेत्रको अवस्थाबारे चर्चा भएको थियो ।

रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको जानकारी गराइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्