नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा आज ४ खेल हुँदैछन् ।
आज गैरआवासीय नेपाली सङ्घ खेलकुद प्रतिस्ठान र सशस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल पुलिस क्लब र मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश, त्रिभूवन आर्मी क्लब र कर्णाली प्रदेश खेल्नेछन् ।
गैरआवासीय नेपाली सङ्घ खेलकुद प्रतिस्ठान र सशस्त्र प्रहरीको एपिएफ क्लवबीचको खेल बिहान सवा ९ बजे देखि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेकाे छ । यस्तै पुलिस क्लब र मधेस प्रदेशबीचको खेल मुलपानी मैदानमा बिहान सवा ९ बजे नै सुरू भएकाे छ ।
सुदूरपश्चिम र बागमती प्रदेश त्रिवि क्रिकेट मैदानमा तथा आर्मी र कर्णाली प्रदेश मुलपानीमा दिउँसो सवा १ बजे खेल्नेछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने हिजोदेखि नै सुरु भएको हो ।