महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज श्रीलङ्का र भुटान खेल्दैछन् । ]

खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको श्रीलङ्काको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो खेलमा नेपालसँग ४–० गोलले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी छन् ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्