काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन् ।
विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई) दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गएराति चेकजाँचका क्रममा पक्राउ गरेको हो।
९ किलो अबैध सुनसहित पक्राउ परेका उनलाई गौशाला प्रहरी बृतमा राखिएको छ ।
फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो ।
प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।








