
नेकपा एकीकृत समाजावादीका सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दिर्घकालिन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
बिहिवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा वोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जीत हासिल गर्नुपर्ने समेत बताउनुभयो । उहाले एमालेले ल्याएका पानी जहाज,रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउदै देशको विकास,सम्वृद्धिलाई सर्वोपरी ठान्ने नेतालाई जनताले मत दिने जिकिर गर्नुभयो । विकास समृद्धि लागि विश्वको थुपै मुलुकहरुले पनि गठबन्धन प्रकृया अगाँलेको भन्दै उहाले बताउनुभयो ।
साक्षात्कारमा काँग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाई मतको कदर गर्न नसेकेर कर्तव्यच्युत भएको एमालेलाई आगामि निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गर्नुभयो ।