नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु भएकाे छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज चार खेलहरु हुनेछ ।

जसमा दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र दुई खेल मुलपानी मैदानमा हुनेछ । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच बिहान सवा ९ बजे देखि खेल भइरहेकाे छ ।

टियुमै हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ खेल्नेछन् । यस्तै मुलपानी मैदानमा मधेस प्रदेश र गण्डकी प्रदेशबीच पहिलो तथा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्