मंसिर ४ गते हुने चुनावमा सिट बाँडफाँडको टुंगो लगाउन बनेको कार्यदलद्धारा प्रतिवेदन तयार

खबर बुक
  • ख-
  • ख+

सत्तारुढ गठबन्धनबिच आगामी मंसिर ४ गते हुने चुनावमा सिट बाँडफाँडको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनलाई भोलि कार्यदलले अन्तिम रूप दिएर भोलि नै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।आज कार्यदलको बैठकपछि पत्रकारसँग बोल्दै उनले सिट बाँडफाँड करिब–करिब टुंगिएको जानकारी दिए ।

कार्कीका अनुसार भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने छ । त्यसपछि शीर्ष नेतालाई बुझाउने तयारी छ ।गठबन्धनका एक नेताले भने अझै पनि सिट बाँडफाँड टुंगिनसकेको बताए ।सबै दलहरूले सिटसंख्या भने घटाउँदै लगेको र सहमति उन्मुख बनेको उनको भनाइ छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्