श्रीलङ्काले टि २० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानमाथि ४ विकेटको सानदार जित हात पारेको छ ।
यो जितसँगै श्रीलङ्काको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्ताानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।
अफगानिस्तानले बुधवार पाकिस्तानसँग खेल्नेछ भने श्रीलङ्काले मङ्गलवार भारतसँग खेल्नेछ । सुपर फोरमा लिगको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।
आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।