राजधानी बासी काे खानेपानि समस्या समाधान गर्न लागि परेकाे कांग्रेस नेता सिंहकाे भनाइ
खबर बुक
ख-
ख
ख+
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानी बासीकाे खानेपानि समस्या छिटाे समाधान हाेस भनेर आफू हरु लागि परेकाे बताउनु भएकाे छ ।
बहु प्रतिक्षित मेलम्चि खानेपानि परियाेजना किन सुचारु हुन सकेन भनेर आफुहरु मेलम्चि खानेपानि मुहानमै पुगेर के कस्ताे अवस्था छ जानकारि लियर आएकाले केही ब्यवहारिक र प्राबिधिक समस्या तत्कालै समाधान गराउन छिटै प्रधानमन्त्रि शीत भेटेर समाधान काे पहल गर्ने समेत बताउनु भएकाेछ ।
फरक प्रसंगमा बाेल्दै प्रसुकुम्वासीहरूको समस्या चाँडै समाधान गरिने बताउनुभएकाे छ ।शनिवार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्ताे बताउनुभएकाे हाे । ‘यहाँ सुकुम्वासीहरूको पनि समस्या देखिएको छ ।
अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । आयोगको दिएको सुझावअनुसार हामीले तीव्रताका साथ सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ उहाले बताउनुभयाे । काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तयार रहेको बताउनु भएकाे छ ।
मैले मेरो क्षेत्रमा धेरै कामहरू गरेको छु । अब गर्नुपर्ने कामहरूबारे मतदाताहरूले बोलाउनुस् र भन्नुस् । त्यो पनि गर्नेछौँ मतदाताहरूको चाहना प्रधानमन्त्री भइदेओस् भन्ने भएपनि आफूले परिस्थि लाई नजिक बाट हेरिरहेकाले परिस्तिति हेरेर, उपयुकत निर्णय मा पुग्ने समेत बताउनु भएकाेछ
यद्यपि आफूसँग प्रधानमन्त्री बनेर काम गर्नसक्छु भन्ने ‘कन्फिडेन्स’ भने भएको उहाले बताउनुभयाे । ‘तर, प्रधानमन्त्री भएर काम गर्नसक्छु भन्नेचाहिँ छ मसँग,’ उहाले बताउनुभयाे ।