काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसले फेरि अग्रता लिएको छ।
प्राप्त पछिल्लो मतपरिणाममा नेपाली काग्रेसका सह–महामन्त्रीमहेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई ७ सय २२ मतले पछि पारेका छन्।
यादवले २७ हजार ४ सय २३ मत ल्याएका छन् भने महासेठले २६ हजार ७ सय १ मत पाएका छन्। धनुषाका अन्य ३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भईसकेको छ ।