दोहा, ११ मंसिर । विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जोगिनसकेन ।
निर्धारित ९० मिनेटसम्म लगातार सिर्जना गरेका मौकाको सदुपयोग गर्न नसक्दा बेल्जियम दुर्भाग्यशाली साबित भयो । बेल्जियमले गरेका १० प्रहार मोरक्कोले विफल बनाएको थियो ।
इन्जुरी समयमा अगाडि बढेर आक्रामक बनेको बेल्जियमको रक्षापंक्ति खुकुलो भएको थियो । बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्यो ।
हाकिम जिचचले दायाँतर्फबाट दिएको क्रसमा शकारिया अब्दुखलाले सुन्दर गोल गर्दै मोरक्कोको जित दिलाए ।