चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ कात्तिक । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्या भएको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा आइतबार गरिएको प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा बन्द गर, चेतन अयडीलाई न्याय दे, शान्ति सुव्यवस्था कायम गर’ प्लेकार्ड बोकेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्