यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ मंसिर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३६ रुपैयाँ १९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६८ पैसा कायम छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९९ पैसा छ ।

सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९५ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

यसैगरी जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्