महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा

खबर बुक
  • ख-
  • ख+

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सातादेखि काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २१ देखि असोज ३ गतेसम्म हुने साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । प्रतियोगिता संचालनका लागि अनुमानित कुल बजेट ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ । प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिईएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भीआईपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनएको छ । प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आईसकेको र अन्य टोली आइतबारसम्म आईपुग्ने प्रवक्ता शाहले बताउनुभयो ।

त्यस्तै एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगीताका लागि नेपाली महिला टिमले पनि तयारी गरिरहेको र नेपालमा आएका अन्य देशका टिमले पनि अभ्यास गरिरहेको जानकारी दिनुभयो । उहाले प्रतियोगीताले महिला फुटबलमा नयाँ उचाई हासिल गर्ने जिकिर गर्नुभयो ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ’बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । राउन्ड रोविनका आधारमा हुने समूह चरणपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । उद्घाटन खेलमा भाद्र २१ गते नेपालले भुटानको सामना गर्ने एन्फाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्