पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने

खबर बुक
  • ख-
  • ख+

मुम्बइ, ८ बैशाख । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । 

फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।

अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ कमाउने खबर छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स १०० करोडमा बिक्री भएको छ ।

त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र, स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ। यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’ को रिलिज अघिको व्यापार १००० करोड रुपैयाँ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्