काठमाडौं, ४ फागुन । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएकाे हाे ।
सपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहनु भएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो तीन जना कुलपति तथा सदस्यहरु नियुक्त गरेको थियो।
उक्त अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएकाे थियाे ।









